तारकेश्वरका सामुदायिक विद्यालयका शिक्षकले अब मासिक रुपमै तलब पाउने, नगरप्रमुखको बोल्ड निर्णयले शिक्षकहरु उत्साहीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ कार्तिक २०८०, शनिबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले अव मासिक रुपमानै तलब पाउने भएका छन् ।
संघिय सरकारले त्रैमासीक रुपमा शिक्षकलाई तलब पठाउने गरेपनि तारकेश्वर नगरपालिकाले अन्य श्रोत मार्फत तलबको जोहो गरेर शिक्षकलाई मासिक रुपमानै तलब खुवाउन लागेको हो । शिक्षकलाई मासिक तलब खुवाउने नगरप्रमुख कृष्ण हरि महर्जनको प्रस्ताबमा नगर कार्यपालिकाले केहि दिन अघि निर्णय गरेको छ ।
सरकारी सेवामा कार्यरत कर्मचारीहरुले मासिक रुपमा तलब पाउने गरेपनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले भने त्रैमासीक रुपमानै तलब पाँउदै आइरहेका छन् । देशै भरका आम शिक्षकहरुले त्रैमासीक रुपमा तलब पाँउदा घर परिवार चलाउन समस्या हुदै आएको भन्दै मासिक रुपमानै तलब पाउनु पर्ने माग गदै आइरहेका छन् ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकाको सामुदायिक विद्यालयका शिक्षकहरुलाई काम प्रति थप जिम्मेवार बनाउन हौसला स्वरुप मासिक रुपमा तलब खुवाउने व्यवस्था गरिएको बताउनुभयो ।
नगर प्रमुख महर्जनले भन्नुभयो “हामी देशै भरको स्थानीय निकाय मध्य तारकेश्वर नगरपालिकाको समुदायिक विद्यालयहरुलाई नमुना बनाउन चाहन्छौं, त्यसैले तलबकै कारण शिक्षकहरुलाई काम गर्न मन नलाग्ने अबस्था नहोस, काम गर्न थप उर्जा होस भन्नका लागि मासिक तलबको व्यवस्था गरेका हौं”
नगरप्रमुख महर्जनले शिक्षकहरुलाई मासिक तलबको व्यवस्थाले थप हौसला बृद्धि गरेर तारकेश्वरको शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुखको बोल्ड निर्णयले नगरपालिका भित्रका २१ सामुदायिक विद्यालयमा कार्यरत ५०० जना शिक्षक तथा कर्मचारीहरुले कार्तिक देखि मासिक रुपमानै तलब पाएका छन् ।
तारकेश्वर नगरपालिकाको लेखा शाखा प्रमुख खिलानाथ बास्कोटाले नगर कार्यपालिकाको निर्णय अनुसार कार्तिक महिनाको तलब शिक्षकहरुको खातामा पठाइसकेकीएको बताउनुभयो । लेखा शाखा प्रमुख बास्कोटाले तारकेश्वरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई कार्तिक देखि मासिक तलब खुवाउन सुरु गरेको बताँउदै शिक्षकहरुलाई मासिक तलब स्वरुप नगरपालिकाबाट २ करोड खर्च हुने बताउनुभयो ।

तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं जितपुर मा.वि का प्रधानाध्यापक हरि कृष्ण अर्यालले तिन महिना सम्म तलब कुरेर घर परिवार चलाउनुपर्ने शिक्षकको बाध्यता अन्त्य भएको बताँउदै नगरपालिकाको निर्णयले शिक्षकहरुमा उत्साह थपेको बताउनुभयो । अर्यालले मासिक तलब पाउने व्यवस्थाले शिक्षकमा थप हौसला बढेको बताँउदै शिक्षकहरुले मनै देखि काम गर्ने बातावरण बनेको बताउनुभयो ।
पृथ्वीनारायण मा.वि का प्रधानाध्यापक नारायण प्रसाद काप्रीले शिक्षकलाई मासिक रुपमा तलब दिने निर्णय अत्यन्त प्रसंनियि र स्वागत योग्य रहेको बताँउदै यसले शैक्षिक गुणस्तर बृद्धि गर्न ठुलो सहयोग पुग्ने बताउनुभयो ।
मासिक रुपमा तलब पाउनुपर्ने लामो समय देखिको आम शिक्षकको माग पुरा भएकोमा खुसी व्यक्त गदै प्रधानाध्यापक काप्रीले स्वागतयोग्य निर्णयका लागि नगरप्रमुख र नगरपालिका परिवारलाई धन्यवात समेत दिनुभयो ।
कालिका देवी मा.विका प्रधानाध्यापक कृष्ण प्रसाद ओझाले मासिक रुपमा शिक्षकलाई तलब खुवाउने नगरपालिकाको निर्णय सकारात्मक रहेको बताँउदै नगरपालिकाले देखाएको सदासयता प्रति विद्यालय परिवार खुसी रहेको बताउनुभयो ।
निजामती कर्मचारी सरह शिक्षकले पनि मासिक तलब खान पाउनेगरि तारकेश्वर नगरपालिकाले गरेको निर्णयले शिक्षकहरुमा सकारात्मक भाबना बिकासमा सहयोग पुगेको बताँउदै यस निर्णयले शिक्षकलाई पेशा प्रतिको जबाफदेहिता र दायित्व बढाएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि योजनाबद्ध रुपमा अगाडी बढीरहनुभएका नगरप्रमुख महर्जनले यस बर्ष शिक्षा क्षेत्रको लागि मात्र ९ करोड बजेट बिनियोजन गर्नुभएको छ । नगरप्रमुखले सामुदायिक विद्यालयहरुको उत्कृष्ट नतिजाको आधारमा प्रत्यक बर्ष विद्यालयलाई बस प्रदान गर्ने घोषणा गर्नुभएको छ । नगरप्रमुखको घोषणा अनुरुप गत आर्थिक बर्षमा तारकेश्वर नगरपालिका वडा नं ३ को जितपुर मा.वि लाई स्कुल बस प्रदान गरिएको छ भने यस बर्ष पनि नतिजाको आधारमा एक सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Array