करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उपप्रधानमन्त्री पूर्णबहादुर खड्का रुकुम पश्चिममा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ , उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुग्नुभएको छ । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उहाँ आज बिहान सुर्खेत विमानस्थलबाट प्रभावित क्षेत्र पुग्नुभएको हो ।  यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गएयता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय हुनुहुन्छ । स्थानीय तह, प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग क्षेत्रमा स्थल र हवाईमार्गमार्फत खड्का राहत वितरणमा केन्द्रित हुनुहुन्छ ।

उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै आइतबारसम्म सबै पीडितलाई तत्कालीन राहत सामग्री पुर्‍याउने गरी काम  भइरहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले रुकुम पुर्‍याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय, मुसिकोट नगरपालिकामा पाँच सय, सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array