विश्व शौचालय दिवस २०२३ “ परिवर्तनको गति बढाउदै” नारासहित मनाइँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ मंसिर २०८०, शुक्रबार
7 Min Read
Aa

काठमाडौं,  विश्व शौचालय दिवस १९ नोभेम्बर नेपालमा पनि सरसफाईका मुद्धामा केन्द्रित रही मनाइने भएको छ । खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी एवम् गैरसरकारी संघसंस्था र नेपालस्थित अन्तराष्ट्रिय विकास निकायहरुले खानेपानी र सरसफाईको क्षेत्रमा संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासको लक्ष्यलाई सन २०३० मा हासिल गर्न सहयोेग पुर्याउने ढंगले विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको बताएका छन् ।

स्मार्ट वास सोलुसन्सले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक शौचालयहरुको व्यवस्थापनका विषयमा केन्द्रित रही शुक्रबार एक कार्यशाला गोष्ठि आयोजना गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहले विश्व शौचालय दिवस १९ नोभेम्बरको अवसर पारेर इन्टरनेशनल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, वाटर एड नेपाल र एसएनभी नेपालसंगको सहकार्यमा स्मार्ट वासले भोलि मंसिर १ गत े(तद्अनुसार १७ सेप्टेम्बर २०२३)मा होटल हिमालय,कुपण्डोल ललितपुरमा एक कार्यशालाको आयोजना गर्ने जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघले तय गरेको परिवर्तनको गति बढाउदै भन्ने मूल नारालाई टेवा पुग्ने गरी तय गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनको सेरोफेरोमा रहेर गोष्ठिमा विज्ञहरुद्धारा पाँचवटा कार्यपत्रहरु प्रस्तुत गरी छलफल गरिने छ ।

छलफलबाट प्राप्त निश्कर्ष र सुझाबहरु नेपाल सरकार र सरसफाईमा संलग्न राष्ट्रसंघीय निकायसमक्ष प्रस्तुत गरिने छ । यसले राष्ट्रसंघद्धारा निर्धारित गरिएको दीगो विकास लक्ष्य हासिल गर्ने नेपालको कार्यक्रमलाई गति दिन सघाउने विश्वास आयोजकहरुको रहेको छ । नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, हाम्रा शहर र मानव बस्ती स्वच्छ र सफा राख्ने, मानव सभ्यता र सुसंस्कार विकसित गर्ने यस अभियानलाई घरघर र जनजनमा पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न आयोजकहरुले बताएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.निजी क्षेत्रबाट खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्ने उद्देश्यले खानेपानीका क्षेत्रमा क्रियाशील विज्ञहरुको पहलमा स्थापना भएको संस्था हो । यसले स्वच्छ तथा सुरक्षित खानेपानीको उपलब्धता, बर्षाको पानीको संकलन र भण्डारण, सरसफाई, मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।त्यस्तै इन्टरनेशल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, वाटर एड नेपाल र एसएनभी नेपाल खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु हुन्।

शौचालय दिवस र सरसफाईको महत्व

मानव समुदायलाई मानवजन्य दिसा र पिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्र संघले सन २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको छ । यस बर्ष पनि संयुक्त राष्ट्र संघको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । यस बर्षको नारा परिवर्तको गति बढाउदै९ब्अअभभिचबतष्लन ऋजबलनभ० भन्ने राखिएको छ ।

संयुक्त राष्ट्र संघले सन २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ । दिगो विकासको छैठौ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय रहेको छ । तर २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाई शतप्रतिशत हुने अवस्थामा पुर्याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र संघले यस बर्षको नारा परिवर्तनको गति बढाउदै ९ब्अअभभिचबतष्लन ऋजबलनभ० भन्ने राखेको हो ।

राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुलास्थानमा दिसा.पिशाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यसले प्रकृति, महिला, केटी र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाई र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न हामीसंग अब ७ बर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न हामीले अहिले गरेको कामको गति ५ गुना तीब्र बनाउनु पर्दछ । यस बर्षको अभियानमा राष्ट्र संघले हमिड. बर्डको उपयोग गरेको छ, जसले आफ्नो चुच्चोमा पानी बोकेर भयंकर डँडेलो(आगजनी)संग लडेको भन्ने प्राचिन कथाको सन्देश बोकेको छ । यसले हामी सबैले आआफ्नो स्थानबाट सानोभन्दा साना प्रयास गरेमा ठूला समस्याको समाधान गर्न सक्छौ भन्ने सन्देश दिएको छ ।

नेपालमा सरसफाईको अवस्था

नेपाल १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा भएको हो । सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबैभन्दा पहिला कास्की जिल्ला खुला दिसामुक्त घोषणा भएको थियो । झण्डै ९ बर्षको अनवरत प्रयासपछि २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो ।

नेपालमा पूर्ण सरसफाईको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाई सप्ताहको रुपमा कार्यान्वयनमा ल्याइएको थियो । २००३ मा समुदायको अगुवाईमा यो अभियान बढाइयो भने २००६ मा
विद्यालयको अगुवाईमा । सन २००८ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरसफाई बर्षको रुपमा घोषणा गरेपछि यसले ब्यापक जनजागरण ल्यायो । सन २०११ मा सरसफाई गुरुयोजना नै बनाएर सरसफाईका सूचक र चरण निर्धारण गरियो । गुरुयोजना अनुरुप आधारभूत स्तरको सरसफाई सुनिश्चित गर्ने उद्देश्यले सन् २०१७ सम्म प्रत्येक घरमा चर्पी बनाउने अभियान सञ्चालन भयो । नेपाललाई २०१७ मा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य दुई बर्ष ढिलो गरी २०१९ सेप्टेम्बर ३० मा हासिल हुन सक्यो ।

आगामी चुनौतीहरु

दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भएपनि पूर्ण सरसफाईको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको छ ।
संयुक्त राष्ट्रसंघको खानेपानी तथा सरसफाई हेर्ने निकाय युएन वाटरले सार्वजनिक गरेको विवरण अनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाई सेवा उपयोग गर्ने गर्दछन् । आउदा ७ बर्षमा झण्डे आधै जनसंख्यालाई यस्तो सेवा पुर्याउन पर्ने अवस्था छ । नेपालका ६४ प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ । यसलार्य पनि शतप्रतिशत पुर्याउनु पर्नेछ । घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुन सकेको छ । बाँकी ६१ प्र्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै छ ।

नेपालमा शहरीकरण तीव्र गतिमा बढेको छ तर त्यही गतिमा शहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना तथा तिनीहरुमा बग्ने फोहर पानीको प्रशोधन र उचित व्यवस्थापनको काम हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Array