काठमाण्डौंबाट नुवाकोट जाँदै गरेको टाटा सुमो गुर्जेमा दुर्घटना ६ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । काठमाण्डौंबाट नुवाकोट जाँदै गरेको यात्रुबाहक टाटा सुमो आज शिवपुरी ६ गुर्जेमा दुर्घटना हुंदा ६ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट दुप्चेश्वरका लागी छुटेको शिवपुरी यातायातको ना१ज ६३३१ नम्बरको टाटासुमो आज विहान पौने १० बजे गुर्जेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ६ मध्य ४ जना लाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको छ । ११ यात्री सवार टाटा सुमो सडक देखि ५ सय मिटर तल झाडीमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array