दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ गतेदेखि भृकुटीमण्डपमा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ मंसिर २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं,  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लि.को संयुक्त आयोजनामा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ कार्यक्रम हुने भएको छ ।
आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमबारे जानकारी गराएको हो । पुस्तक प्रदर्शनी आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ ।
उक्त पुस्तक प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, भारत, बंगलादेशलगायत विभिन्न देश र चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने बताइएको छ ।
उक्त कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट मंसिर ५ गते दिनको १ बजे हुनेपनि आयोजकले बताएको छ । पु्स्तक प्रर्दशनीमा एक सय ८० भन्दा बढी स्टलहरूमा देश तथा विदेशका विभिन्न उत्पादनहरू प्रदर्शनमा रहने बताईएको छ ।
उक्त वृहत् पुस्तक तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा विशेष अतिथिको रूपमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेशनलाई आमन्त्रण गरिएको बताइएको छ । साथै, चीन र भारतका राजदूतलाई समेत निमन्त्रणा गरिएको आयोजकले बताएको छ । प्रदर्शनीलाई १५ लाखले अवलोकन गर्ने आँकलन आयोजकको आँकलन रहेको छ ।
कार्यक्रमका संयोजक एवं महासंघका वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले पुस्तक प्रदर्शनी व्यापार, पठन संस्कृति, लेखक र पाठकहरुसँग सम्बन्धित रहेको बताए । कस्ता पुस्तकहरु पढ्ने, कस्ता पुस्तकप्रति पाठकहरुको रूची बढिरहेको छ, लेखक, सर्जकहरुको अनूभवहरु के–कस्ता छन् जस्ता विषयमा पनि उक्त प्रदर्शनीमा वहस हुने उनको दाबी छ । साथै, विभिन्न युवा नेताहरुसँग शैक्षिक वहस कार्यक्रम समेत प्रदर्शनिको आकर्षणको रुपमा रहेको उनले बताए । प्रत्येक दिन नयाँ–नयाँ कार्यक्रम राखेर प्रदर्शनीलाई आकर्षक बनाइएको उनले बताए । यो पुस्तक प्रदर्शनी शिक्षा र शिक्षासँग सरोकार राख्नेहरुका लागि कुम्भमेला सावित हुने उनको दाबी छ । उक्त प्रदर्शनी र कार्यक्रमहरुमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको पनि उनले बताए ।
त्यसैगरी, महासंघका महासचिव शिवसागर शर्माले सबैखाले पाठकहरुको रूचीलाई सम्बोधन गर्नेगरी पुस्तकहरु प्रदर्शनीमा राखिने बताए । संसार जतिनै डिजिटलाइजमा गएपनि पुस्तक किन्ने र पढ्ने संस्कृति विश्वमा नै कायम रहेको र यो निरन्तर रहिरहने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Array