भारत सरकारद्धारा अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भुकम्प राहत सामग्री हस्तान्तरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । भारत सरकारले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भुकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
भारत सरकारको सहयोगमा काठमाण्डौं आइपुगेका अत्यावश्यक औषधी र उपकरण समावेश ति सामग्रीहरु मंसिर ४ गते हस्तान्तरण गरिएको नेपाल स्थीत भारतीय राजदुतावासले जनाएको छ ।
नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यि राहत सामग्री हस्तान्तरण गरिएको दुतावासले जनाएको छ । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने नेपाल स्थीत भारतीय दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array