नेपालमा दोस्रो पटक विश्व अकुपञ्चर दिवस मनाईदैँ : डा. सुरज कर्मचार्य

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ मंसिर २०८०, बुधबार
3 Min Read
Aa

नेपालमा दोस्रो पटक विश्व अकुपञ्चर दिवस मनाउन लागिएको छ । यस सुखद क्षणमा नेपालको पहिलो अकुपञ्चर विशेषज्ञको हैसियतले म डा. सुरज कर्मचार्य सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु समक्ष खुशी ब्यक्त गर्न चाहन्छु ।

नोभेम्बर २२ अर्थात् विश्व अकुपञ्चर दिवस नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदैँ छ । ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने निर्णय गरेको थियो । त्यस यता अन्य देशहरुमा यो दिवस मनाउन थालिएको भए पनि नेपालमा भने यो दिवस मनााउने गरिएको थिएन ।

बि. सं २०७९ मंसीर ६ गते अर्थात् सन् २०२२ नोभेम्बर २२ को दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाडौंमा विश्व अकुपञ्चर दिवस मनाएपछी नेपालमा विश्व अकुपञ्चर दिवस मनाउन सुरुवात् भएको थियो । यस वर्ष पनि बिभागले “विश्व अकुपञ्चर दिवस २०८०” मनाउन लागेको थाह पाउँदा खुशी लागेको छ ।
अकुपञ्चर चिकित्सा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त चिकित्सा बिधी हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा झण्डै ४० लाख देखि ५० लाख अकुपञ्चरका दक्ष जनशक्ति रहेको, अहिले विश्वका १९० भन्दा बढी राष्ट्रहरुमा अकुपञ्चर सेवा विस्तार भएको तथा अकुपञ्चरबाट उपचार गरिने रोग तथा स्वास्थ्य समस्याहरु झण्डै ३०० भन्दा बढी पुगिसकेको छ ।
नेपालमा जसरी सरकारी तहबाट अकुपञ्चरको प्रबर्द्दन हुनु पर्ने थियो त्यो स्तरमा हुन सकेको छैन तथापी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपञ्चर सहायक स्तरका जनशक्तिबाट अकुपञ्चरको सेवा दिन सुरु गरिएको, केही सरकारी आयुर्वेद हस्पिटलहरुमा अकुपञ्चरको सेवा सुरु गरिएको, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा प्राकृतिक तथा अकुपञ्चर चिकित्सा शाखा स्थापना गरेर केही कामको सुरुवात गरेको छ ।

सरकारी स्तरबाट अपेक्षित प्रवर्धन हुन नसके पनि निजी सतरबाट ब्लु लोटस हस्पिटलले अकुपञ्चरको गुणस्तरीय र विशेषज्ञ सेवा त्रिपुरेश्वर, सातदोबाटो, चुच्चेपाटी र भक्तपुरबाट दिईराखेको छ । नेपालमा केही हस्पिटल र नीजिस्तरमा पनि थुप्रै अकुपञ्चर क्लिनिकहरु सञ्चालनमा रहे पनि सबै तिर अकुपञ्चरको विशेषज्ञ सेवा पाउन नसक्नु बिडम्बना हो ।

नेपालका सबै जिल्ला र बिदेशबाट समेत अकुपञ्चरको लागि हाम्रो हस्पिटलमा आएको पाएको छौँ । ब्लु लोटसमा अकुपञ्चरको सवै सेवा विशेषज्ञबाट पाईन्छ भनेर पनि हुन सक्छ अकुपञ्चर लिन आउने बिरामीको संख्या हरेक वर्ष दोब्बर हुँदै गएको पाएको छु । हामीले निजी क्षेत्रबाट झन्डै १५ वर्ष देखी अकुपञ्चरको विशेषज्ञ सेवा दिईराखेका छौँ भने सरकारले नसक्ने भन्ने हुँदैन ।

विशेषः गरेर नसा सँग सम्बन्धित समस्या, दुखाई सम्बन्धि समस्या, वाथ रोग, महिनावारीको दुखाई, अनिद्रा, माइग्रेन, नसाको कारण हुने पिसाबको समस्या, प्यारालाइसिस जस्ता स्वास्थ्य समस्या तथा शरीरमा रोगप्रतिरोधी क्षमता बृद्धि गर्न समेत अकुपञ्चर प्रभावकारी हुने जाकारी गराउँदछु ।

साथै, आगामी दिनहरुमा पनि अकुपञ्चरको श्रीवृद्धिको लागि सरकार, निजी क्षेत्र, सरोकारवालाहरुसंग सहकार्य गर्न पाइयोस भन्ने कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

Array