स्वीटजरल्याण्ड सरकारले नेपाल सरकारलाई दिने करिब ६५ करोड अनुदान सहयोग स्वीकृत गर्ने निर्णय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा स्वीटजरल्याण्ड सरकारले नेपाल सरकारलाई दिने करिब ६५ करोड अनुदान सहयोग स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले गृह मन्त्रालयको प्रस्तावमा सुनको अवैध तस्करी नियन्त्रण गर्न गठित जाँचबुझ आयोगमा प्राविधिकसहितका चारजना जनशक्ति थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array