अमेरिका र क्यानडा शिक्षा मेला काठमाडौंमा हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । जाम्बोरी एजुकेशन नेपालले अमेरिका र क्यानडा विश्व विद्यालय फेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिवार अर्थात नोभेम्बर २५ तारिखमा जाम्बोरीको कार्यालय स्थित पुतली सडकमा कार्यक्रम हुने जनाइएको छ ।

कार्यक्रममा प्रतिष्ठीत अमेरिकी र क्यानाडाली विश्व विश्विद्यालयले आफ्नो देशमा भइरहेको शैक्षीक गतिविधिबारे कार्यक्रममा जानकारी गराउनेछन् । जसले नेपाली विद्यार्थीहरुका लागि सहज हुने अपेक्षा गरिएको छ ।

विद्यार्थीले आफ्नो भविष्यको लागि अहिले नै के गर्ने, कसरी शिक्षा ग्रहण गर्ने भन्ने बारेमा कार्यक्रमका विशिष्ट व्यक्तिहरुले धारणा राख्ने भएका छन् । कार्यक्रममा २५ भन्दा बढी विश्व विद्यालय र कलेजका प्रतिनिधिको सहभागिता रहनेछ । सहभागी अमेरिका र क्यानडा विश्व विद्यालयका प्रतिनिधिहरुले विश्वभरको शिक्षा डिजीटलबाट कसरी एकरुपता गर्न सकिन्छ भन्नेबारे जानकारी गराउने जनाइएको छ ।

कार्यक्रममा सहभागिले विश्व विद्यालयका प्रतिनिधिहरुलाई प्रश्नसमेत गर्न सक्नेछन् । नेपालको शिक्षा र बाह्य देशको शिक्षा विषयमा बहस हुने भएकाले यो कायक्रम अन्वेषणको मञ्चमात्र नभइ बृहत तयारीको हब हुने जाम्बोरीले जनाएको छ ।

जसले गर्दा विद्यार्थीहरुले आफ्नो आफ्नो शैक्षिक यात्रामा आउने चुनौतीसँग तयार रहन सक्षम राख्ने दावी गरेको छ । कार्यक्रममा विद्यार्थीमात्र नभइ शिक्षासँग सरोकार राख्नेहरुका लागि पनि उपयोगीमुलक रहने भएकाले सहभागी हुन जाम्बोरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array