अवैध लागूऔषधसहित पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ मंसिर २०८०, शुक्रबार
3 Min Read
Aa

 काठमाडौं, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित चेकप्वाइन्टबाट अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ ३ सय ग्रामसहित बारा निजगढ नगरपालिका-५ घर भएका २२ वर्षीय आशिष दाहाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बा.प्र.०६-००१ ख ०००१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७० मिलिग्राम र नगद १२ जार ६ सय ५० रूपैयाँसहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय बिश्व मित्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बन्दिपुर र लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  बाँके, नेपालगंज उपमहानगरपालिक-१५ हड्डी चोकबाट  अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २५ ग्राम २ सय मिलिग्रामसहित भारत घर भएका १९ वर्षीय चाँद शालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

  सुनसरी, दुहबी नगरपालिका-५ डाँगा चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७० ग्राम ५ मिलिग्रामसहित भारत घर भएका २७ वर्षीय सोनु कुमार चौधरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले बीआर ३८ एई ६०७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रमममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।      

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देबिनगरबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ६० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने देवदह नगरपालिका-३ घर भएका २४ वर्षीय सोम बहादुर सुनार समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देविनगरबाट खटिएको प्रहरीले सुनारको डेरा तलासी गर्दा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

  बागलुङ, काठेखोला गाउँपालिका-५ काउलेबाट अवैध लागूऔषध गाँजा १ केजी १ सय ४३ ग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम श्रीस र उनकै भाइ २८ वर्षीय तिलक श्रीस रहेका छन् । उनीहरूले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी बिहुबाट संयुक्त रूपमा खटिएको प्रहरीले  उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array