युक्रेनी प्रधानमन्त्री डेनिस शमिहल र युरोपेली आयोगका उपाध्यक्ष भाल्डिस डोम्ब्रोभस्किसबीच बन्द नाकाहरूबारे भर्चुअल छलफल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

कीएभ। युक्रेनी प्रधानमन्त्री डेनिस शमिहल र युरोपेली आयोगका उपाध्यक्ष भाल्डिस डोम्ब्रोभस्किसबीच बिहीबार युक्रेनी सीमानाका केही युरोपेली सङ्घ (ईयू) देशहरूसँगको बन्द नाकाहरूबारे भर्चुअल माध्यमबाट छलफल गर्नुभएको छ ।

युक्रेनले यस बिषयमा समस्या समाधान गर्न युरोपेली आयोगको सहयोगका लागि आफ्ना प्रस्तावहरू ईयु समक्ष प्रस्तुत गरेको शमिहलले प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

युक्रेनले पनि आफ्नो आयात तथा निर्यातका लागि वैकल्पिक मार्गहरू द्रूत रूपमा विकास गरिरहेको उहाँले बताउनुभयो ।

युक्रेनी होलरहरूलाई ईयुमा प्रवेश गर्ने अनुमति व्यवस्था फिर्ता गर्न माग गर्दै नोभेम्बरदेखि पोल्याण्डका छ वटा यातायात कम्पनीहरूका चालक तथा सहयोगीले युक्रेनी सीमाका धेरै चेकपोस्टहरूमा विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा दुई चालकको मृत्युसमेत भएको छ ।

प्रदर्शनकारीहरूले सीमाविन्दु नजिकैको सडकहरूमा गरेको आन्दोलनका कारण हजारौं ट्रकहरू सीमामा क्षेत्रमा रोकिएका थिए । ईयुले गत वर्ष युक्रेनी ट्रकहरूको लागि अनुमति रद्द गरेको थियो ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

Array