शिवपुरी गाउँपालिकाका अध्यक्ष थपलिया रयाफ्टिङ एन्ड क्यानोइङ संघको उपाध्यक्षमा र्निविरोध निर्वाचीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० मंसिर २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया ¥याफ्टिङ एन्ड क्यानोइङ संघको उपाध्यक्षमा निर्विरोध निर्वाचीत हुनुभएको छ ।
संघको शनिबार सम्पन्न पाँचौ अधिवेशनले थपलियालाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको हो । राजनीति, परोपकारी कार्यका साथै तिन देखि पर्यटन क्षेत्रमा आबद्ध रहनुभएका अध्यक्ष थपलिया यस अघि पनि संघको उपाध्यक्षमा ४ बर्षे कार्यकाल सफलताको साथ पुरा गर्नुभएको छ ।

May be an image of 8 people, people studying, table, dais and text that says 'Nepak ) canoe Sports For Health Sports For Nation Nepal Rafting And Canoeing Association 5th th Elective General Assembly 25th November 2023, Kathmandu'
काठमाण्डौंमा सम्पन्न संघको अधिवेशनले राजीव श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार बरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद जोशी र उपाध्यक्षमा गोविन्द प्रसाद थपलिया र महेन्द्र सिंह थापा, महासचिबमा सुदीपराज गौतम, सचिबमा सुनिल अर्याल र कोषाध्यक्षमा महेश थापा सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै संघको सदस्यमा रीता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, ओम्निका डंगोल र कौशिला प्रधान चयन हुनुभएको छ ।
नवनिर्वाचीत पदाधीकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको खेलकुद विकास विभागका प्रमुख मीन कुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

May be an image of 4 people and text

प्रतिक्रिया दिनुहोस्

Array