गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरुद्ध खेल्नुभएको भूमिका सदैव स्मरणीय : राष्ट्रपति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरुद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका सदैव स्मरणीय रहेको बताउनुभएको छ ।

सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उहाँले जारी गर्नुभएको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
“गुरुनानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु ।”–सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

समाजमा विद्यमान सबै प्रकारका विकृति र विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास पनि राष्ट्रपति पौडेलले गर्नुभएको छ । गुरु नानक जन्मजयन्ती हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा सिख धर्मावलम्बीले भक्तिभावका साथ मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

Array