नुवाकोट बेलकोटगढी रातमाटेकी साबित्री भण्डारी नेपाली समाज टेक्ससको उपाध्यक्षमा निर्वाचीत, नेता केसीद्धारा बधाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ मंसिर २०८०, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नुवाकोट बेलकोटगढी ७ रातमाटे घर भई अमेरीका बस्दै आउनुभएकी सावित्री भण्डरी नेपाली समाज टेक्सस, अमेरीकाको (एनएसटी) महिला उपाध्यक्षमा निर्विरोध निर्वाचीत हुनुभएको छ ।
यहि डिसेम्बर १६ मा हुन गइरहेको समाजको निर्वाचन कार्यतालीका अनुसार भण्डारीको मात्र महिला उपाध्यक्षमा उम्मेद्धवारी परेपछि उहाँ निर्वाचीत हुनुभएको हो ।
नेपाली समाज टेक्सस, अमेरीकाको (एनएसटी)को निर्वाचन समितिका प्रमुख वैकुण्ठ थापाले महिला उपाध्यक्षमा एक जनाको मात्र उम्मेद्धवारी परेकाले उक्त पदमा भण्डारी निर्वाचीत भएको बताउनुभयो ।
त्यस्तै संघको महिला संयोजकमा शान्ता कुमारी गिरीको मात्र उम्मेद्धवारी परेकाले गिरी समेत निर्विरोध भएको निर्वाचन समितिका प्रमुख थापाले घोषणा गर्नुभयो ।
नेपाली समाज टेक्ससको निर्वाचन आउँदो डिसेम्बर १६ तारिक हुँदैछ । निर्वाचन कार्यतालीका अनुसार उम्मेदवारी फिर्ता गर्न चाहनेले आउँदो बुधबार साँझसम्म फिर्ता गर्नसक्ने जनाइएको छ ।
नेपाली समाज टेक्सस यस क्षेत्रको सबैभन्दा ठूलो र पुरानो सामुदायिक संस्था हो । सन् १९९७ मा यो संस्था स्थापना भएको हो । अहिले दुईहजार ५ सय १२ जना सदस्य छन् ।
एनएसटीले टेक्ससमा रहेका नेपाली समुदायको हितमा काम गर्दै आएको छ । यसका साथै अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकीहरुको सहभागिता बढाउने क्षेत्रमा समेत विगत केही वर्षदेखि कार्य गर्दै आएको छ ।
यसै बिच संविधान सभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोटका निर्वातमा सभापति जगदिश्वर नरसिंह केसीले नेपाली समाज टेक्सस, अमेरीकाको (एनएसटी) महिला उपाध्यक्षमा निर्वाचीत साबित्री भण्डारीलाई बधाई र सुभकामना व्यक्त गर्नुभएको छ । नेता केसीले समाजको निर्वाचनमा उम्मेद्धवार बनेका सवै उम्मेद्धवारहरुलाई सफलताको सुभकामना समेत व्यक्त गर्नुभयो ।
नेपाली समाज टेक्सस (एनएसटी)को आउँदो सन् २०२४÷२५ को नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब महासचिव कमल सत्यालको टिमको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array