नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । सभापति देउवाले पार्टी आवद्ध भ्रातृ संघ- नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा|), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ)लाई नियुक्त गरेका हुन् ।

पार्टीको विधानको धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध तीन वटा भ्रातृ संघमा नियुक्त गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array