पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

तनहुँ,   ब्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धनकुटाबाट मुग्लिनहुँदै पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४५ वर्षीय हस्त राई र  अन्दाजी ५५ वर्षीय पुरूष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र पुरूषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

  दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array