‘पीडित हुनेको संख्या हेर्दा अब हनी–ट्रयापरविरुद्धको संगठननै बनाउन पर्लाजस्तो भैसक्यो’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ मंसिर २०८०, बिहीबार
2 Min Read
Aa

 काठमाडौं, । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेका छन् । अभियन्ता बरालसँग आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी र आलोचनाबारे आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रष्ट पारेका हुन् ।
उनले आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्धबाहेक अन्य नाजायज र अनैतिक सम्बन्ध नरहेको बताए । सामाजिक सञ्जाल र विभिन्न मिडियाबाट तारा बरालसँग नभएको सम्बन्ध पनि छजस्तो गरी आएको समाचार र भइरहेका टीकाटिप्पणीले पारिवारिक विचलन ल्याउने काम गरेको भन्दै उनले त्यसो नगरिदिन आग्रह गरे ।
तारा बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिलेपनि नरहेको र भविष्यमा पनि नहुने उनको भनाई छ । तारा बरालले आफूसँग विभिन्न रेकर्ड छ भनेर भ्रम फैलाउने काम गरेको उनको भनाई छ । भ्रम फैलाएर हनी–ट्रयापमा पार्न खोजेको पनि हुनसक्ने उनले आशंका व्यक्त गरे ।
उनले आफू फकिरजस्तै भएको दाबी गरे । उनले आफ्नो काठमाडौंमा कुनै घर, जग्गा, सम्पत्ति नरहेको बताए । तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको टिप्पणी गर्दै उनले दुरासाय राखेर गरिएको कुनै कामबारे भ्रममा नपर्न आग्रह गरे ।
‘उहाँ (तारा बराल) को र मेरो विवाह गर्ने कुनै सहमति पनि थिएन । गर्छौं भन्ने पनि छैन र कुनै नाजायज र अनैतिक सम्बन्ध पनि छैन,’– चन्दले भने ।
२०६२ सालमा श्रीमतीको निधन भएको बताउँदै उनले त्यसपछिको १८ वर्ष आफूले दुईटा बच्चाको आमा–बाबुकै भूमिका निर्वाह गरेर बसिरहेको उनले बताए ।
साथै, अहिले देशभर हनी–ट्रयापिङबाट धेरै मानिस पीडित भएको उनले बताए । पीडित हुनेको संख्या हेर्दा हनी–ट्रयापरविरुद्धको संगठननै बनाउन पर्लाजस्तो भएको उनले टिप्पणीसमेत गरे । ‘धेरै मान्छेहरु यसबाट पीडित भएको देख्छु । अगेन्सको एउटा एशोसियशननै बनाउन पर्लाजस्तो भइसक्यो,’–उनले भने ।
तारा बराल ‘तपाईँको रेकर्ड सार्वजनिक गर्दिन्छु भनेर हिँडेको’ भन्दै उनले आफूले केही गलत नगरेको बताए । तारा बरालले विवाह गर्ने प्रमाण जुटाउने तानाबाना बुनिरहेको भए त्यो पुरा नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array