लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसन र तारकेश्वर नपाको साझेदारीमा साङला अस्पताललाई १ करोड ७७ लाखको मेडिकल सामग्री हस्तान्तरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ मंसिर २०८०, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका र लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसनको साझेदारीमा तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङला प्राथमीक स्वास्थ्य केन्द्रलाई १ करोड ७७ लाख रुपयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
साङला प्राथमीक स्वास्थ्य केन्द्रमा आज आयोजित विशेष कार्यक्रमका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।

No description available.
लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसनले १ करोड ३० लाख ४७ हजार ७ सय ३० र तारकेश्वर नगरपालिकाले ४३ लाख ५० हजारको साझेदारीमा खरिद गरिएको उक्त सामग्रीहरु आज हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामग्रीहरुमा नाक, कान, घाँटी तथा दन्त सेवा संग सम्बन्धीत अत्याधुनीक मेडिकल सामग्रीहरु रहेका छन् ।

No description available.
कार्यक्रममा बोल्नुहुंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसनसंग साझेदारी गर्न पाँउदा नगरपालिका गौरवान्बीत बनेको बताँउदै स्वास्थ्यसंगै शिक्षा, कृषि र अन्य क्षेत्रमा पनि साझेदारी गर्न चाहेको बताउनुभयो ।
मेडिकल सामग्री उपलव्ध भएसंगै साङला प्राथमीक स्वास्थ्य केन्द्रका धेरै सेवाहरु अव सुचारु हुने बताँउदै नगरप्रमुख महर्जनले नगरपालिकासंग साझेदारी गरेर सहयोग सामग्री उपलव्ध गराएकोमा लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसनलाई धन्यवात दिनुभयो ।
तारकेश्वर नगरपालिकामा बोल्ने होइन काम गर्ने लिडर आएको छ भन्ने गरी काम भइरहेको बताँउदै नगरप्रमुख महर्जनले चाइना फाउण्डेसनसंगको सहकार्यमा खानेपानी र सामुदायीक विद्यालयमा दिवा कार्यक्रमहरु लागु भएको बताउनुभयो ।
लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसनका आइपीआइपी, एलसीआइएफ अध्यक्ष ब्रायन सिहानले नगरपालिकासंग सहकार्य गरेर मेडिकल सामग्री उपलव्ध गराउन पाँउदा खुसी लागेको बताँउदै मेडिकल उपकरणका कारण अस्पताललाई सेवा दिन सहयोग पुग्ने बताउनुभयो ।
लायन्स क्लबको सदस्य रहनुभएका नगरप्रमुख कृष्ण हरि महर्जनको निस्वार्थ सामाजिक कार्यको बारेमा लायन्सहरु मार्फत आफुले जानकारी पाएको बताँउदै ब्रायनले तनाब रहित भएर काम गर्नका लागि नगरप्रमुख महर्जनलाई पेन्गुइनको लोगो अंकीत मुर्ती उपहार दिनुभयो ।
कार्यक्रममा साङला प्राथमीक स्वास्थ्य केन्द्रका अध्यक्ष एवं तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटाले अत्याधुनीक मेडिकल सामग्री उपलव्ध भएसंगै अस्पतालले चाँडै थप सेवाहरु सुचारु गर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं डिस्ट्रीक गर्भनर चन्द्र कुमार केसीले कार्यक्रममा प्रोजेक्टको आम्दानी र खर्चहरु सार्वजनीक गर्नुभएको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, तारकेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ, वडा नं ६ का वडा सदस्य रामचन्द्र घिमिरे, तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह तथा शाखाका जनस्वास्थय निरिक्षक गणेश कुंवर, तारकेश्वर नगरपालिका अन्तरगतका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रका प्रमुखहरु, लायन्स क्लबका बिभिन्न पदाधीकारीहरु लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array