निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मङ्सिर अन्तिम साता दल दर्ता गर्ने तालिका छ । शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मङ्सिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिनुभयो । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ । प्रवक्ता पौडेलले आगामी पुस १ गते दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी दिनुभयो । यसैगरी, पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छ भने २० गतेदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ । मतदान माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array