दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता भोली देखि सुरु हुने, प्रतियोगितामा २२५४ खेलाडीहरु मैदानमा प्रतिष्पर्धा गदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ मंसिर २०८०, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । खेल तारकेश्वरको ः सन्देश एकताको भन्ने मुल नाराका साथ भोली देखी दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु हुंदै छ ।
तारकेश्वर नगरपालिकाकै इतिहाँसमा सर्वाधीक खेलाडीको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको यस प्रतियोगिता मंसिर २२ गते सम्म चल्ने छ ।
प्रतियोगितामा तारकेश्वर नगरपालिका अन्तर्गतका ४९ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २२५४ विद्यार्थी खेलाडीहरुको सहभागीता रहने छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिता बारेमा जानकारी दिन आज तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरी महर्जनले तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु बिच पारस्परिक सम्बन्ध कायम हुने गरी साथै सम्पुर्ण नगरवासिलाई सम्बोधन गर्ने प्रयास सहित खेलकुद कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
बिगतमा सुस्त रहेको खेल क्षेत्रलाई प्रमुख जोड दिदै निर्वाचीत भएको प्रथम बर्ष देखिनै अत्याधिक छात्रछात्रा तथा खेल प्रेमिलाई समेटने गरि प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता आरम्भ गरी सफलता साथ सञ्चालन भएको बताँउदै नगरप्रमुख महर्जनले दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिताले नगरभित्र खेल महोत्सबको वातावरण बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
सिमित स्रोत साधनका विच भरसक धेरै विद्यालय समेटन्ने गरि खेलका कार्यक्रम सञ्चालन गर्न लागिएको बताँउदै नगरप्रमुख महर्जनले खेलकुद प्रतियोगिताले खेल क्षेत्रमा थप विकास हुनगई आगामी दिनमा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा हुने खेलकुद कार्यक्रममा यहाँका खेलाडीहरुले पनि महत्वपुर्ण भुमिका निभाउन सक्ने छन भन्ने आशा लिएको बताउनुभयो ।
नगर प्रमुख महर्जनले खेलकुदको क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने मान्यतालाई हृदयगम गरी यस बर्ष गत बर्षको तुलनामा फुटबल बाहेक केहि नयाँ इभेन्टहरु बास्केटबल, टेबुलटेनिस र व्याटमिन्टन थप गरी दश वटा इभेन्टमा खेल गर्न लागिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा तारकेश्वर नगरशिक्षा शाखाका प्रमुख पदम बहादुर खत्रीले खेलकुद कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पुर्ण तयारी पुरा गरेको बताउनुभयो ।
खेलकुद प्रतियोगिता सुरुहुनुुपुर्व तारकेश्वर नगरपालिकाको कार्यालय धर्मस्थलीबाट भोली विहान १० बजे स्थानीय पञ्चेबाजा, घिमेबाजा, बाँसुरी बाजा सहित मार्चपास गदै प्रतियोगिता उदघाटन हुने तारकेश्वर नगरपालिका ८ स्थीत टुसालचौर खेल मैदानमा पुग्ने कार्यक्रम रहेकोछ । मार्चपासमा २२५४ खेलाडी विद्यार्थीहरु, करिब १६ सय स्काउट, शिक्षक, विद्यार्थीहरु सहितको सहभागीता रहने तारकेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम बहादुर खत्रीले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन र वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, तारकेश्वर नगर शिक्षा समितिका सदस्य एवं तारकेश्वर नगर प्याव्सनका अध्यक्ष धनबहादुर पुन, तारकेश्वर नगरशिक्षा समितिका सदस्यहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array