तारकेश्वरमै सर्वधीक खेलाडीको सहभागीता र पुस्कार राशी रहेको दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ मंसिर २०८०, आईतवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । खेल तारकेश्वरको : सन्देश एकताको भन्ने मुल नाराका साथ शनिबार देखी दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
तारकेश्वर नगरपालिकाकै इतिहाँसमा सर्वाधीक खेलाडीको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको यस प्रतियोगिता मंसिर २२ गते सम्म चल्ने छ । तारकेश्वर नगरपालिका वडा नं ८ टुसाचौरमा आयोजना गरिएको एक भव्य समारोहका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले प्रतियोगिताको उदघाटन गर्नुभयो । उदघाटन समारोह पुर्व तारकेश्वर नगरपालिकाको कार्यालय धर्मस्थलीबाट स्थानीय पञ्चेबाजा, घिमेबाजा, बाँसुरी बाजा सहित मार्चपास गदै जनप्रतिनिधिहरु, खेलाडी, स्काउट, खेलप्रेमी र नगरवासीहरु उदघाटन समारोह स्थल टुसालचौर सम्म पुग्नुभएको थियो । स्थानीय पहिचान झल्कने झाँकी सहितको मार्चपासमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्त, तारकेश्वर नगरपालिकाको ११ वटै वडाका अध्यक्षहरु, तारकेश्वर नगरपालिकाका कर्मचारीहरु, १६ सय स्काउट र २२५४ खेलाडीहरु सहित करिब ४ हजार भन्दा बढीको सहभागीता रहेको थियो ।
उदघाटन समारोहमा एन्जल्स हाट स्कुलले दमदार स्वागत नृत्य प्रस्तुत गरेको थियो भने उसु र तेक्वान्दोको बिशेष प्रस्तुती रहेको थियो ।

No description available.
प्रतियोगिताको उदघाटन समारोहमा सुभकामना मन्तव्य व्यक्त गर्नुहुंदै नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्याम कृष्ण खडगीले दोश्रो मयेर रनिङ शिल्ड प्रतियोगिताको उदघाटन सत्रको सहभागीता र तयारी हेर्दामा राष्ट्रिय खेलकुद कार्यक्रमको भन्दा कम नरहेको बताउनुभयो ।
नेता खडगीले भौतिक बिकास मात्र नभई सामाजिक बिकास तथा जिवनलाई अनुशासन र स्वस्थ्य हुन सिकाउने खेलकुदका कार्यक्रमहरुलाई नगरपालिकाले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

No description available.
उदघाटन समारोहमा तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटाले विकासका लक्ष्यहरुलाई अघि बढाउने क्रममा भौतिक पुर्वाधारलाई मात्र नभएर आर्थिक, सामाजिक, संस्कृतिक, शैक्षिक, स्वास्थ्य र खेलकुद लगायतलाई समेत अगाडी बढाउनु पर्दछ भन्ने लक्ष्य लिएर नगरपालिका स्थापना भएको विशेष दिन पारेर खेलकुद कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अध्यक्ष सापकोटाले उदघाटन समारोहमा देखिएको उत्साहले कार्यक्रमको महत्वलाई अझ बढाएको बताँउदै कार्यक्रम अवधीभर नगरवासीहरुको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

No description available.
त्यस्तै उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता युवा शक्तिहरुलाई बिदेश पलायन रोक्न र खेलकुदबाट भबिष्य रोज्नेहरुका लागि अवसर रहेको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता तारकेश्वर नगरपालिका अन्तर्गतका ४९ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २२५४ विद्यार्थी खेलाडीहरुको सहभागीता रहने छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले सञ्चालन गर्नुभएको उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठ, वडा नं ५ का अध्यक्ष सम्भु फुंयाल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीना, नेकपा माओबादी तारकेश्वरका संयोजक जगन्नाथ राजबाहक, राप्रपा तारकेश्वरका अध्यक्ष बसन्त बस्नेत सहित बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, तारकेश्वर नगर शिक्षा समितिका सदस्य एवं तारकेश्वर नगर प्याव्सनका अध्यक्ष धनबहादुर पुन, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

fdgdg

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array