राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध पुष २० देखि २२ गते सम्म हुने र पुस २२ गते नै  अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता र उम्मेदवारको विरोधमाउजुरी दिनका लागि पुष २४ गते निर्धारण गरिएको छ । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी पुस २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ भने मतदान माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने कार्यक्रम रहेको सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array