भूमाफिया कालु गुरुङले हडप्न लागेको मिनभवनस्थित गणेश अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ मंसिर २०८०, सोमबार
1 Min Read
Aa
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँको मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँले अवालेको चार रोपनीभन्दा बढी उक्त जग्गा भूमाफियाहरुले षड्यन्त्रपूर्ण तरिकाले कब्जा गरेको भन्दै झण्डा गाढेर नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
सो जग्गा जिल्ला संगठन समिति काठमाडौँले व्यानर र झण्डा गाढ्दै किनबेच नगर्न समेत चेतावनी दिएको छ । भूमाफियाहरुले अदालत र प्रशासनसँगको सेटिङमा जग्गा कब्जा गरेको, अवाले परिवारको उठिबास लगाउन लागेको भन्दै जग्गा नियन्त्रणमा लिएको बताएको छ ।
“भूमाफियाहरु काठमाडौँ महानगर, प्रहरी प्रशासनको आडमा पीडित अवाले परिवारलाई नै उठिबास लगाउने लागेका छन् । महानगर पनि भूमाफियाकै पक्षमा उभिँदै दुई पटकसम्म घर खाली गर्न पत्राचार समेत गरेको छ । आजको दिनबाट उक्त जग्गा पार्टीको  नियन्त्रणमा रहनेछ । यसको छानविन गरेर पीडितलाई न्याय दिलाउन र भूमाफियाको पञ्जाबाट जग्गा फिर्ता ल्याउन पार्टी आफ्नो सम्पूर्ण तागत लगाउनेछ । पार्टीले अन्तिम निर्णय नगर्दासम्म यो जग्गा किनबेच गर्न र अवाले परिवारको उठिबास नलगाउने समेत चेतावनी दिन्छौं” सो क्षेत्रमा छरिएको पर्चामा उल्लेख छ ।
प्रहरी प्रशासनको आडमा अवाले परिवारको उठिबास लगाउने र जग्गा कब्जा गर्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको भागिदार स्वयम् हुने समेत क्रान्तिकारी कम्युनिस्ट पार्टीले चेतावनी दिएको छ ।
source : sabmad dabali

प्रतिक्रिया दिनुहोस्

Array