अनलाइन मार्फत यौन व्यवसाय चलाउने गिरोहहरू पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ , मङ्सिर १८ गते । काठमाडौँका विभिन्न स्थानमा रहेर अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्दै आएका गिरोहका नाईकेहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लामो समयपछि अनुसन्धान गरी मुख्य नाइकेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले काठमाडौँ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरूबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएपछि पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएको छ । पक्राउ पर्नेहरूमा दोरम्वा ३ रामेछाप घर भई हाल ललितपुर बस्दै आएका २७ वर्षीय छत्र बहादुर रोक्का,  लिखु गाउँपालिका ७ ओखलढुङ्गा घर भई हाल कागेश्वरी मनहरा बस्दै आएका ३३ वर्षीय गोपाल थापा, सुनकोसी ६ सिन्धुली घर भई हाल कालो पुल बस्दै आएका ४४ वर्षीय सेते सार्की, कपुरकोट ५ सल्यान घर भई हाल बालाजु बस्दै आएका २५ वर्षीय शिवराज परियार र विदुर ६ नुवाकोट घर भई हाल काठमाडौँ बस्दै आएका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array