हिमपात हुन थालेपछि भूकम्पपीडितको जनजीवन प्रभावित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

जाजरकोट, लेकाली भेगमा हिमपात हुन थालेपछि भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ । भूकम्पको इपिसेन्टर बारेकोट गाउँपालिका–१ रामिडाँडालगायत सबै वडा र कुशे गाउँपालिकाका नौ वटै वडामा हिमपात भएको छ ।  हिमपात हुन थालेपछि भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडित प्रभावित भएका हुन् । घरवासविहीन भएपछि गाँस, बाँस र कपासको समस्या झेलेका उनीहरु हिमपातका कारण थप पीडा थपिएको छ । गत कात्तिक १७ गते गएको भूकम्पले घर क्षतिग्रस्त भएर घरविहीन भएका उनीहरु राहतबाट पाएको त्रिपाल टाँगेर बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

Array