सरकारद्वारा रुसी सेनामा आबद्ध ६ नेपालीको मुत्यु भएको पुष्टि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ मंसिर २०८०, मंगलवार
2 Min Read
Aa

परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार स्याङ्जा पुतलीबजार ५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका ६, दोलखाका राजकुमार कार्की, बाणगंगा १, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ । यसैगरी मन्त्रालयले मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत अनुरोध गरेको जनाएको छ ।यसैबीच रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन मन्त्रालयले रुस सरकारलाई पत्र पठाएको छ । रुसी सेनामा कम्तीमा ५ सय नेपाली भर्ना भएको अनुमान गरिएको छ । रुसी सेनामा भर्ती भई युक्रेनको युद्धमा ६ जना नेपाली मारिएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन पत्र पठाएको हो ।

नेपालले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न समेत अनुरोध गरेको छ । नेपालले भारत र बेलायतसँग मात्रै सेनामा भर्ती गर्न पाउने सम्झौता छ । यसैगरी रुसी सेनामा भर्ना भइ हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।

त्यस्तै सरकारले रुस जान समेत रोक लगाएको छ । अब सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुसको यात्रा गर्न रोक लगाइएको हो । रुस जानु परेमा परराष्ट्र मन्त्रालय अन्र्तगतको कन्सुलर सेवा विभागबाट ‘एनओसी’ लिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array