टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर न्यायाधीशद्वय माथेमा र शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।यसअघि टिकटक प्रतिबन्धविरुद्धको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट निवेदन परेका थिए ।  मङ्सिर ७ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले ती १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले मङ्सिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array