अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa
काठमाडौं, जिल्ला कैलाली टिकापुर न.पा. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.३२ कोटेश्वर बस्ने वर्ष ३२ को पदम न्यौपानेको छोरा वर्ष २८ को रमेश न्यौपानेले गणेश अधिकारी समेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ४५,००,०००/- ( अक्षेरुपी पैतालीस लाख रुपैयाँ ) लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक रु. ३,००,०००/-( अक्षेरुपी तीन लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ६४,४५,०००/- (अक्षरुपी चौँसठ्ठी लाख पैतालीस हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रमेश न्यौपानेको खोजतलास गर्ने क्रममा मिति २०८०।०८।२१ गते अं. १३:१५ बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर सिभिल अस्पतालबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ  ।

प्रतिक्रिया दिनुहोस्

Array