जलवायु विश्व सम्मेलन (कोप २८) मा कम विकसित मुलुकको लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ मंसिर २०८०, आईतवार
2 Min Read
Aa

संयुक्त अरब, संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भइरहेको जलवायु विश्व सम्मेलन (कोप २८) मा कम विकसित मुलुक कोषका लागि करिब १८ अर्ब ६९ करोड ३७ लाख रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको छ ।

ठुला अर्थतन्त्र भएका तथा विकसित मुलुकहरूले जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न सो कोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका हुन् । सो रकम नेपाल जस्ता जलवायुजन्य जोखिममा परेका मुलुकले खर्च गर्न पाउने छन् ।

त्यसै गरी जलवायु परिवर्तन विशेष कोष (स्पेसल क्लाइमेट चेन्ज फन्ड) मा विकसित मुलुकहरूले करिब चार अर्ब ३३ करोड ९६ लाख रुपियाँ जम्मा गर्ने पनि निर्णय गरेका छन् । सो कोषबाट जलवायु परिवर्तन  तथा विश्व तापक्रमका कारणले हानिनोक्सान तथा क्षति बेहोरेका मुलुकले रकम पाउने भएका छन् । यहाँ जारी विश्व सम्मेलनको पहिलो उच्चस्तरीय राजनीतिक मञ्च (हाई लेभल पोलिटिकल फोरम) मा राष्ट्र प्रमुखहरू सहभागी भएर आआफ्नो मुलुक फर्केपछि मन्त्रीस्तरीय नेतृत्वमा भइरहेका विभिन्न प्राविधिक सत्र सञ्चालन हुने छन् । शनिबारसम्म सञ्चालन भएका प्राविधिक सत्रका कार्यक्रम तथा सम्झौतामा जलवायु अनुकूलन कोषमा थप करिब २२ अर्ब १३ करोड ८७ लाख रुपियाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

त्यसै गरी जलवायु नोक्सान तथा क्षति कोषमा करिब ९३ अर्ब ४६ करोड ८६ लाख रुपियाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त भएको छ । यो कोष यही सम्मेलनबाट अनुमोदन भएको हो । यो कोषबाट नेपाललगायतका कम विकसित मुलुक जसले जलवायुजन्य विपत्का घटना बढी बेहोरिरहेका छन् ती मुलुक लाभान्वित हुने अपेक्षा राखिएको छ । मेलम्चीमा भएको प्राकृतिक प्रकोप जस्ता घटनाबाट भएको क्षतिको प्राविधिक मूल्याङ्कन गरी नेपालले सो कोषबाट रकम प्राप्त गर्ने सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array