अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।   वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array