घाउपछिको मलममा भन्दा रोकथाममा जोड दिनुपर्छ-एक्सनएड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ मंसिर २०८०, मंगलवार
5 Min Read
Aa

काठमाडौँ । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलन : नीति तथा संस्थागत संरचनाहरू विश्लेषण कार्यक्रम महिला अधिकारका लागि राष्ट्रिय अभियानको नेतृत्वमा भव्यताका साथ सम्पन्न भएको छ । जसको सहकार्य संस्थाका रूपमा एक्सनएड नेपालले सहकार्य गरेको थियो । यस कार्यक्रमलाई सफल पार्न महिला अधिकारको क्षेत्रमा काम गर्ने अन्य ११ संस्थाको प्रत्यक्ष संलग्नता रहेको थियो ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने नाराका साथ बालबालिका, जनप्रतिनिधि, महिलाकर्मी, हिसं भोगेका महिला लगायतको सहभागी रहेको थियो ।
कार्यक्रमको सुरुवातमा दुई महिलाहरुले आफूले भोगेको हिंसाको बारेमा सुनाएका थिए, जसमा एक महिलाले आउँदो निर्वाचनमा मेयर पदको लागि दाबे दारी समेत दिने गरी सफलताको कथा सुनाएकी थिइन् ।नेपालमा महिलाहरूको हिंसा व्यापक रहेको छ । नेपाल सरकारले भर्खरै सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार २३ प्रतिशत महिलाहरू शारीरिक हिंसाको सिकार बनिरहेका छन् । महिलाकर्मी एवं अधिवक्ता इन्दु तुलाधरका अनुसार नेपाल सरकारले ए्ेन मार्फत महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अत्यन्तै सराहनीय रहेको बताइन् । महिला हिंसाविरुद्धको कानुनहरूलाई ऐनमार्फत सम्बोधन गरिनु अत्यन्तै राम्रो भए तापनि कार्यान्वयनको पक्ष भने अत्यन्तै कमजोर रहेको छ । अधिवक्ता तुलाधर भन्छिन्, “महिलाको हक अधिकार सुनिश्चित गर्न महिला कानुनलाई मौलिक हकमा राखेको छ र सोहीअनुसारको कानुन पनि बनेका छन् तर कार्यान्वयनको पक्ष फितलो छ । प्रभावकारी कार्यान्वयन गर्न विभिन्न कोषको स्थापना भन्दा एकद्वारा बास्केटबाट कोषको स्थापना गरेर यसलाई सम्बोधन गर्दा मात्र संविधानको उचित कार्यान्वयन हुने छ ।”
उप सभामुख इन्दिरा राना मगरले कार्यक्रमलाई सम्बोधन गर्दै आफू अत्यन्तै बलियो महिला भए पनि महिला हिंसाको कुरामा आफू अत्यन्तै भावुक हुने बताइन् । आफू पनि कुनै समय महिला हिंसाको सिकार भएको दृष्टान्त सुनाउँदै महिलाहिसां विरुद्ध न्याय कै लागि अहिले आफू लडिरहेको सुनाइन । उप सभामुख अनुसार, “मैले ३४ वर्षसम्म महिला हिंसाविरुद्ध आवाज उठाए, मेरो आवाज सबै तिर गुन्जियो तर कसैले सुनेनन्, ३४ वर्षको सङ्घर्षमा कुनै नियम, कानुन बनेनन् । महिलाहरूको न्यायको स्थिति जहाँ को त्यहीँ रह्यो र अन्त्यमा यसै कुरालाई सम्बोधन गर्न आफू राजनीतिमा आउनु परेको हो ।”
अहिले देशका धेरै महिलाहरूमा ज्ञान छ, तर पहुँच छैन । सुदूरपश्चिम र कणार्लीका महिलाहरूको पिडा जस्ताको त्यस्तै छ । किसान महिलाहरूको पहिचान छैन । स साना हिंसाको क्रियाकलाप घर बाटै सुरु हुन्छ । बुबाले घरमा गर्ने व्यवहार, आमाले दिएको शिक्षाले महिला हिंसाको सुरुवात हुन्छ । त्यसैले अबको आवश्यकता भनेको महिलालाई आर्थिक स शक्ति करणसँगै, पुरुषको मानसिकताको परिवर्तन गर्दै सरकारले महिलामाथि गर्ने लगानी हो । देश र सरकार सबैको हो । स्रोत र कानुनमा सबैको समान हक र अधिकार छ तर महिला हिंसा सधैँ बढ्दो क्रममा रहेको हुनाले सबै जना सँगै एकजुट भएर लाग्नु पर्ने उप सभामुख रानाको भनाई छ ।
सहयोगी संस्था एक्सन एडका प्रोग्राम पोलिसि प्रमुख सरोज पोखरेलका अनुसार एकद्वारा प्रणाली मार्फत न्याय दिने धेरै संयत्रहरु छन् । यत्रो संयन्त्र प्रयोग हुँदा ढिलो चाँडो न्याय अवश्य हुने बताउँछन् । कानुनहरू सबै निमार्ण भइसकेको जानकारी गराउँदै उनले कार्यान्वयन पनि चाडै प्रभावकारी हुने विश्वास व्यक्त गरे । तर अबको आवश्यकता भनेको प्रतिक्रियात्मक कार्य भन्दा पनि सक्रिय क्रियाकलापमा ध्यान दिएर घटना घाटेपछिको नीति भन्दा पनि रोकथाम गर्ने नीतिमा जोड बल गर्नु पर्ने भनाई व्यक्त गरेका छन् ।
कार्यक्रम संयोजक बिन्दा ठटालले कार्यक्रमको सफलताको मुल्याङ्कन भन्दा पनि कार्यक्रमको मुख्य भाव महिला हिंसाविरुद्धको निती नियम कार्यन्वयनमा जोड दिनु रहेको बताइन् । ४२ जिल्लाको प्रतिनिधि महिलासँग सहकार्य गरिरहँदा ७७ जिल्लामा महिला हिंसाविरुद्धको सचेतना केहि हदसम्म जगाउने रहेकोमा त्यसमा सफल भएको संयोजक ठटालले विश्वास व्यक्त गरेकि छन् ।
कार्यक्रममा ४२ जिल्लाको महिला अधिकारको लागि आवाज उठाइरहेका महिलाहरूको उपस्थिति रहेको थियो । महिला हिंसाको कुरा गरिरहँदा विगतको तथ्याङ्कलाई हेर्ने हो भने यो बढ्दो क्रममा देखिन्छ । तर पनि यसलाई घटनामा वृद्धि भन्दा पनि महिलाहरूको आवाज बलियो भएको ठम्याई रहेको छ । नेपाल प्रहरी महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार २००८ सालमा ३०९ वटा करणी, ७३ जबरजस्ती करणी, १२३ तस्करी, १३ गर्भपतन, १२२ बहुविवाह, ४ बालबालिका हिंसा, ८८१ घरेलु हिंसा र ० बोक्सीको आरोप लगाएको अपराध दर्ता भएको थियो । २००८ देखिनै यो तथ्याङ्क बढ्दो क्रममा छ । २०२२ सम्म पुग्दा २३८० करणी, ६५५ जबरजस्ती करणी, ३७ वटा गर्भपतन, ८०९ बहुविवाह, ५२ बालविवाह, १७ हजार घरेलु हिंसा र ४९ बोक्सीको आरोपको अपराध दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array