मानव बेचबिखन गरेको आरोपमा गोरखा लाप्राककी गुरूङलाई काठमाडौंबाट पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं, प्रहरीले मानव बेचबिखन गरेको आरोपमा गोरखा लाप्राककी २७ वर्षीया कबिता गुरूङलाई काठमाडौंबाट पक्राउ गरेको छ । धार्चे गाउँपालिका–४ लाप्राक निवासी गुरुङले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जनालाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याई बन्धक बनाएको आरोप लागेको छ ।म्यानमार पुर्याएपछी पिडितलाइ दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।पीडितहरुबाट जनही २ लाख ६० हजार रुपैयाँका दरले पैसा लिई म्यान्मार पठाएको, थाईलैण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पुर्‍याएर अमेरिकी नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेकट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array