अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले भिजिट भिसामा जानेलाई रोक्न विशेष अपरेसन अभियान चलाएको छ । सो अभियानमा हालसम्म ३२ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array