नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए। कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार मादक पदार्थ सेवन गरेका व्यक्तिले ओलीमाथि हात उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array