तारकेश्वर १० को सुर्येदय ध्यान केन्द्रद्धारा आयोजीत सह–योग शिक्षक तालिम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० मंसिर २०८०, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । पतञ्जली योग समिति नेपालको तत्ववधानमा बाग्मती प्रदेश काठमाण्डौ जिल्लाको सहकार्यमा तारकेश्वर नगर अन्तर्गतको सुर्येदय योग ध्यान केन्द्रद्धारा आयोजीत ३६ दिने सह–योग शिक्षक तालिम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी व्याङक्वेटमा शुक्रबार विहान देवयज्ञ सहित तालिम सम्पन्न भएको हो । पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लबदेव मिश्रको प्रमुख आतिथ्यतामा, काठमाण्डौं जिल्ला अध्यक्ष सुरेन्द्र रिमालको सभापतित्व तथा पुज्य साद्धवी देवकृपाको उपस्थीतिमा तालिम कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 11 people, flute, temple and text

May be an image of 6 people, dais, temple and text
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुबाट ३६ दिने सह–योग शिक्षक तालिममा सहभागी भएका १०३ जना प्रशिक्षार्थी सह–योग शिक्षकहरुलाई दिक्षित गरिएको थियो । पतञ्जली योग समिति अन्तर्गतका समितिहरुबाट भएको सह–योग शिाक तालिममा एकै पटक सहभागी भएर दिक्षित हुने यो संख्या हाल सम्मकै सवै भन्दा बढी हो ।
पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लबदेव मिश्रले ध्यान र योगका कारण समाजलाई सहि दिशामा लैजान सहयोग पुग्ने बताँउदै तालिममा सिकेका ज्ञानलाई समाजमा फैलाउन प्रशिक्षार्थी सह–योग शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

May be an image of 5 people, dais and text
पतञ्जली योग समिति तारकेश्वर नगरको प्रमुख सल्लाहकार सि.वि मल्लको सक्रियतामा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा पतञ्जली योग समिति तारकेश्वर नगरका संयोजक चन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सह–योग शिक्षक कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गरेकोमा पतञ्जली योग समिति तारकेश्वर नगरको प्रमुख सल्लाहकार सि.वि मल्ललाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा पतञ्ली योग समिति नेपालका पदाधीकारीहरु, महिला पतञ्जली योग समिति नेपाल र युवा नेपाल समितिका पदाधीकारीहरुको उपस्थीति रहेको थियो ।

May be an image of 6 people, temple and text

May be an image of 2 people, dais, temple and text

May be an image of 2 people, temple and text

May be an image of 1 person, dais and text

May be an image of 4 people and temple

May be an image of 1 person, temple, dais and text

May be an image of 1 person, crowd and text

df

प्रतिक्रिया दिनुहोस्

Array