काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम : काठमाडौं महानगरपालिका

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० मंसिर २०८०, शनिबार
3 Min Read
Aa

काठमाडौं,काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका दाबी गर्नुभयो । उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए ।उनले भने, ‘‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको कुरा छ । यो नेपवेस्ट भन्ने संस्था हो । यो भन्दा पहिला नेपाल सरकारले लगानी बोर्डमा पास गरेर पठायो, त्यसमा अधुरा कुराहरु भएको कारणले लगानी बोर्डले निर्णय गर्न सकेन । नगरपालिकामध्येको महानगरपालिका भएको कारणले गर्दा यो प्रोजेक्टलाई महानगरपालिका भित्र ल्याइयो र यसलाई गहिरो अध्ययन गरिसकेपछि नेपवेस्ट भन्ने कम्पनी काठमाडौँ महानगरपालिका लगायतका लागि अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई महानगरपालिका काठमाडौँले यसलाई नेपाल सरकारतिर नै लगिएको अवस्था छ ।’’

उनले भने, ‘‘त्यसको कारणले गर्दा बञ्चरे डाँडामा रहेका यी समस्याको समाधान नहोला भन्नेकुरा होइनन् । हामी आफैँ पनि सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी अब हामीले विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका छौँ र फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर हामी अघि बढीसकेको अवस्था छ ।’’यता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका छन् ।उनले फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा गर्नेुपर्ने बताएका थिए। काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उनको भनाइ थियो ।

उनले भनेका थिए, ‘‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’’ महानगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गरे केही हदसम्म फोहोर व्यवस्थापन हुनेछ । नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट शहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि घर र भान्साबाट फोहोर वर्गीकरण गर्न जान्नुपर्ने विज्ञहरुको राय छ ।

tv annapuran

प्रतिक्रिया दिनुहोस्

Array