राजनीतिक दल र नेताको भुमिकालाई जनतामाझ पुर्याउने गरी काम गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह : । प्रधानमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ पुष २०८०, सोमबार
2 Min Read
Aa

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडकमा देखिएका केही गणतन्त्र विरोधी पक्षले नकारात्मकता फैलाइरहेकोले परिवर्तन पक्षधर राजनीतिक दल र नेताको भुमिकालाई जनतामाझ पुर्याउने गरी काम गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।उहाँले जनतालाई अधिकार सम्पन्न बनाउने सरकार स्थानीय तह भएकाले जनप्रतिनिधिले यस विषय जनतामा सम्प्रेषण गरी सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभएको छ ।ललितपुर महानगरपालिकाको १ सय ५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ललितपुर महानगरपालिका तथा अन्य पालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासन, शिक्षा, पूर्वाधार क्षेत्रमा गरेका अनुकरणीय कार्य जनप्रतिनिधिहरुले जनतालाई थाहा दिनुपर्ने बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको निराकरणकामा सरकारको सधै साथ र सहयोग रहने बताउनुभयो ।
उहाँले, सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलता सम्बोधनका लागि सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका प्रयास भइरहेको बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले रोजगारी पाएका र सुविधा भएका मानिस पनि मंहगो रकम तिरेर विदेशिने प्रचलन बढेको भन्दै नकारात्मक सोच त्यागी सबैमा राष्ट्रप्रेमको भावना विकास गरिनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यबस्थामन्त्री प्रकाश ज्वालाले तीन तहका सरकारले एक आपसमा सहकार्य र समन्वय गर्दै अगाडि बढे विकास निर्माण, कृषि, खानेपानी, फोहोर व्यवस्थापन सजिलै गर्न सकिने बताउनुभयो ।कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपभोक्ता समितिबाट पनि धेरै सांस्कृतिक सम्पदा बनाइसेकेको भन्दै सार्वजनिक खरिद ऐन २०६३ मा भएका कमि कमजोरीलाई तत्काल सुधार गर्न अनुरोध गर्नुभयो । प्रमुख महर्जनले छिमेकी देशहरुले प्रयोग गरेको प्रविधिलाई प्रयोग गरेर काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने भएकाले त्यसमा तत्काल काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array