छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ पुष २०८०, मंगलवार
2 Min Read
Aa

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं,   रूपन्देही, सैनामैना नगरपालिका-६ दुधराक्षस्थित सडकमा लु.७७ प ४९५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया खिमकला घिमिरेको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।        झापा, कनकाई नगरपालिका-४ कोटिहोमस्थित सडकमा प्र.१-०१-०१३ प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ६५ वर्षीय कर्ण बहादुर रायको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली, कैलारी गाउँपालिका-७ बर्का बसन्तास्थित सडकमा बा.८१ प ४२९८ नम्बर र से.५ प ४७७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा बा.८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय शिसिर चौधरीको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका से.५ प ४७७४ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ ।    पर्वत, कुश्मा नगरपालिका-८ चुवा चाईना चोकमा ग.२१ प ९५ नम्बरको स्कुटर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ खौला बस्ने २८ वर्षीय सागर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।   चितवन, भरतपुर महानगरपालिका-४ यज्ञपुरी चोकमा बा.प्र-०६-००२ प २०७३ नम्बरको मोटरसाइकल र बा.१९ च ३४६४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१२ गोन्द्राङ बस्ने २१ वर्षीय राम कृष्ण थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार  भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array