बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, २७ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ पुष २०८०, बुधबार
1 Min Read
Aa

बारा । बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किए, ३ जनाको मृत्यु, २७ जना घाइते भएको बारा प्रहरीले जनाएको छ । बुधवार बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array