३२ लाखको लत्ताकपडा र मोटरसाईकल तथा पश्चिम नवलपरासीबाट करीब १२ लाख रुपैयाँ बराबरको मोवाइलको सामान बरामद

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ पुष २०८०, बुधबार
2 Min Read
Aa

 रौतहट, बारा, धनुषाबाट करिव ३२ लाखको लत्ताकपडा र मोटरसाईकल तथा पश्चिम नवलपरासीबाट करीब १२ लाख रुपैयाँ बराबरको मोवाइलमा प्रयोग हुने सामान सशस्त्र प्रहरीले पौष ३ गते मंगलबार बरामद गरेको छ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित बारा– रौतहट जिल्लाको सीमा ईलाकाबाट पौष ०४ गते करीब १५ लाख १६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो ।  विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट, सुरक्षा बेश लक्ष्मिनिया, फतुवा र बिओपी सरमजुवाको टोलीले सोही ईलाकास्थित अरुवाखोला पुल नजिकैको टहरामा बेवारीसे अवस्थामा रहेको उल्लेखित मूल्यको लत्ताकपडा बरामद गरेको हो ।  त्यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ११ औरैया स्थित सीमा ईलाकाबाट पौष ०४ गते करीब १५ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकप बरामद भएको छ ।एक कच्ची घरमा लुकाई छिपाई राखेकोे ५ पोका लत्ताकपडा विशेष सूचनाको आधारमा बिओपी गोलागंजले बरामद गरेको हो । यसैगरी नम्बर ८ गण धनुषाले पौष ०४ गते नै करीब १ लाख २ हजार रुपैयाँ बराबरको लत्ताकपडा र ४ लाख ५० हजार रुपैयाँ बराबरको तीनवटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । ज १० प २२८९, ज ८ प ५३८९ र बिआर ०१ एफए ६९७२ नम्बरको मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाईकल धनुषा जिल्लाको धनौजी गाउँपालिका ५ स्थित बहुअर्वा ईलाकाबाट नियन्त्रणमा लिइएको हो ।
यसैगरी पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ स्थित गेरमा ईलाकाबाट पौष ०४ गते करीब ११ लाख ६९ हजार रुपैयाँ बराबरको मोबाईलका ग्लासहरु बरामद भएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई सोही गाउँपालिका ५ स्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा मोबाईलमा प्रयोग हुने १६ हजार ७०० वटा टेम्पर ग्लास प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुर र सुरक्षा बेश परासीको संयुक्त टोलीले बरामद गरेको हो ।  नियन्त्रणमा लिइएका मोटरसाईकल तथा सामान आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझार्ईएको छ

प्रतिक्रिया दिनुहोस्

Array