सेन्टरल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,  संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न मुलुकहरूमा कार्यरत UN Mission हरुमा सहभागी हुने क्रममा मिति २०८० पौष ०३ गते UNITED NATIONS MULTIDIMENTIONAL INTEGRATED STABILIZATION MISSION IN THE CENTRAL AFRICAN REPUBLIC (MINUSCA) मा तैनाथ श्री कालीजंग गण (शान्ति सेना) Light Infantry Battalion (LIB) पहिलो डफ्फालाई बदली गर्नको लागि श्री महावीर गण (रेञ्‍जर) (शान्ति सेना) को दोस्रो तथा अन्तिम डफ्फाका २२५ जना शान्ति सैनिकहरु सेनानी हरि कुमार पाण्डेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड बिमान (इथियोपियन एयरलाइन्स) बाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । यसै गरी सोही मिसनमा तैनाथ पहिलो डफ्फामा कार्यरत २२४ जना शान्ति सैनिकहरू प्रमुख सेनानी विजय बस्नेतको नेतृत्वमा मिसन अवधि पुरा गरी मिति २०८० पौष ५ गते स्वदेश आगमन हुँदैछन् । प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा २२५ जना शान्ति सैनिकहरु यस अगावै मिसन इलाकामा तैनाथ भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array