माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ पुष २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ । हकप्रदमा शेयर नबिकेपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ । तामाकोसीको एक करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राख्न लागिएको आयोजनाले जनाएको छ । इच्छुक व्यक्ति तथा सङ्घसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सकिने छ ।प्रतिकित्ता न्यूनतम एक सय रुपियाँ मूल्य नघट्ने गरी लिन चाहेको मूल्य तोकेर आवेदन बुझाउनुपर्ने बिक्री प्रबन्धकले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार न्यूनतम एक सय कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । पाँच लाख रुपियाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ । मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ ।कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधिमा हकप्रद सेयर बिक्री नभएपछि पुस दोस्रो हप्तादेखि बिक्री नभएको सेयर लिलाम प्रक्रियामा जान लागेको हो । जिल्लावासीमा आयोजनाको हकप्रद सेयरप्रति आकर्षण नदेखिँदा सेयर लिलाम बिक्रीमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array