प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० पुष २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुने भएको छ । उहाँले मङ्गलबार बेलुकी ५:०० बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । कार्यकाल एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लाग्नुभएको हो । उहाँले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री गत वर्ष पुस १० गते नियुक्त भई पुस ११ गते शपथ लिनुभएको थियो ।प्रधानमन्त्रीको सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array