सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ पुष २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभाको चुनाव, सरकारको एक वर्षको समीक्षा, पार्टीका आन्तरिक विषय र मन्त्रीहरूका कामको समीक्षाबारे छलफल हुने बताइएकाे छ । बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array