एभरेष्ट एशिया लिडरशीप समिटको घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ पुष २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । फोर एच नेपालले एक प्रेस वक्तव्य जारी गरी सन् २०२५ आयोजना गर्ने गरी एभरेष्ट एशिया लिडरशीप समिटको घोषणा गरेको छ । उक्त समिटमा नेपाल सहित विश्वका कम्तिमा ३० ओटा देशहरुबाट लगभग २०० जना सहभागी हुने जनाइएको छ । उक्त समिट नेपालमा आयोजना गरिने पनि जनाएको छ ।
समिटमा विश्व परिवेशमा एशिया नेतृत्व, जलवायु परिवर्तनमा एशियाको भूमिका, विश्वका लागि एशियाली अर्थतन्त्र, युवा रोजगार र प्रविधिका विकास, सांस्कृतिक आदानप्रदान लगायतका विषयमा कार्यपत्र तथा कार्यशाला आयोजना गरिनेछ । साथै, नेपालको पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय भ्रमणको कार्यक्रम समेत रहेको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जनाएका छन् ।
सम्मेलनमा सरकारका प्रतिनिधि, फोर एच संस्था, अन्तर्राष्ट्रिय संघ संस्था, दातृ निकाय, विश्वविद्यालय, निजी क्षेत्र, बहुराष्ट्रिय कम्पनी, अनुसन्धानकर्ता, कानुन विज्ञ, युवा उद्यमी लगायतको सहभागीता रहने पनि जनाइएको छ ।
प्रेस वक्तव्यसँग एभरेष्ट एशिया लिडरशीप समिटको लोगो समेत सार्वजानिक गरिएको छ । समिटको मिति र स्थान तथा सहभागी हुने प्रकृयाको बारेसहितको जानकारी बिबरण चाडै सार्वजानिक गरिने अवस्थीले जनाए । यस प्रकार समिट पहिलो सटक नेपालमा हुन लागेको अवस्थी दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array