कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले सजक रहन अनुरोध : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ पुष २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं, काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरुमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयले अनुरोध गरेको छ । मंगलबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गरेका हुन् । मन्त्रालयले कोभिड–१९ को नयाँ संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिएको छ । यस्तै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array