काठमाडौँमा आज यो वर्षकै सबैभन्दा चिसो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँमा आज यो वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना छ । आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने सम्भावना तत्काल नरहेको मौसमविद् मानन्धरले बताइन् । तराईका धेरै ठाउँहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array