रौतहटबाट साढे १८ लाख रुपैयाँ नक्कली नोटसहित एक युवक पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, प्रहरीले रौतहटबाट साढे १८ लाख रुपैयाँ नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट रौतहटकै गुजरा नगरपालिका ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाल पक्राउ परेका हुन् ।उनको साथबाट १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।उनको साथबाट नक्कली नोटसँगै विभिन्न बैँकका पाँच थान एटीएम कार्ड, १६ लाख ६५ हजार उल्लेख भएको विभिन्न बैंकका तीन थान चेक, एक थान मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।जयसवालको साथबाट १ हजार दरका नक्कली नोट १८ सय ४३ थान बरामद भएको डीएसपी गिरीले बताइन् । नक्कली नोटसहित पक्राउ परेका जयसवाललाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array