सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ पुष २०८०, शनिबार
1 Min Read
Aa

सर्लाही, सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेको थियो ।शनिबार सूचना जारी गर्दै सम्भावित जोखिम नटरेको उल्लेख गर्दै प्रशासनले आज बिहान ८ बजेदेखि भोलि बिहान ९ बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । हिजो प्रहरीको गोली लागेर बरहथा नगरपालिका-६ का २७ वर्षीय जयशंकर शाहको शव अहिलेसम्म घटनास्थलमै छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array