जितगढी किल्ला हस्तान्तरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ पुष २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं ।  आज मिति २०८० पौष २० गते सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मर्मत तथा पुनः निर्माण गरिएको ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गर्नु भएको छ  । राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्ध्दन एवं ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइ तथा बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा ऐतिहासिक जितगढी किल्ला पुनः निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरिएको हो ।  ऐतिहासिक, पुरातात्त्विक एवं सामरिक महत्त्व बोकेको जितगढी बुटवल उपमहानगरपालिका वडा नं.१ मा अवस्थित नेपाल-अङ्ग्रेज युद्ध (वि.सं. १८७१-७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अदम्य साहस, रणकौशल एवं वीरताकासाथ युद्ध गरि विजय हासिल गरेको ऐतिहासिक स्थल हो ।उक्त किल्ला क्षेत्रमा युद्धकला झल्किने संरचनाहरू थप गरिनुका साथै कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक सहित १३ जना वीर योद्धाहरूको सालिक, युद्ध चित्रहरू, बगैँचा, जल फोहोरा, सुरक्षा पर्खाल, २.५ कि.मि. पैदल मार्ग, रेलिङ, पुल लगायतका संरचनाहरू निर्माण गरिएको छ । आज आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचन, प्रदेशका मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरी, जनप्रतिनिधिहरु, सरकारी एवं गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि लगायत सञ्चारकर्मी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array